‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप’ आठराई गाउँपालिका तेह्रथुम सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ । आठराई गाउँपालिका तेह्रथुम ताप्लेजुङको फुङलिङमा जारी ‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटर फाइनलको तेश्रो खेलमा रारा फुटबल क्लब धनकुटालाई १–० गोलअन्तरले पराजित गर्दै तेह्रथुम सेमिफाइनलमा पुग्ने तेश्रो टिम बनेको हो। 

खेलको दोश्रो हाफको १३ औँ मिनेटमा निहान लिम्बुले गरेको गोल नै निर्णय बन्यो । अब तेह्रथुमले पुष ८ गते हुने सेमिफाइनलमा चक्रघट्टी फुटबल क्लब सुनसरी सँगको भेट पक्का गरेको हो । सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । 

यस्तै भोलि क्वाटर फाइनलको अन्तिम खेलमा बी टी फुटबल क्लब तेह्रथुम र सगरमाथा युथ क्लब मोरङबीच आमनेसामने हुँदैछन् । भोलिको विजेताले पाँचथर फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । 

चासोक तङ्नामको अवसरमा  कञ्चनजङ्घा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो फुङलेङ र चासोक तङनाम सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 2:04 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि