‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप’ आठराई गाउँपालिका तेह्रथुम सेमिफाइनलमा प्रवेश



ताप्लेजुङ । आठराई गाउँपालिका तेह्रथुम ताप्लेजुङको फुङलिङमा जारी ‘प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटर फाइनलको तेश्रो खेलमा रारा फुटबल क्लब धनकुटालाई १–० गोलअन्तरले पराजित गर्दै तेह्रथुम सेमिफाइनलमा पुग्ने तेश्रो टिम बनेको हो। 

खेलको दोश्रो हाफको १३ औँ मिनेटमा निहान लिम्बुले गरेको गोल नै निर्णय बन्यो । अब तेह्रथुमले पुष ८ गते हुने सेमिफाइनलमा चक्रघट्टी फुटबल क्लब सुनसरी सँगको भेट पक्का गरेको हो । सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । 

यस्तै भोलि क्वाटर फाइनलको अन्तिम खेलमा बी टी फुटबल क्लब तेह्रथुम र सगरमाथा युथ क्लब मोरङबीच आमनेसामने हुँदैछन् । भोलिको विजेताले पाँचथर फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । 

चासोक तङ्नामको अवसरमा  कञ्चनजङ्घा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो फुङलेङ र चासोक तङनाम सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १४:०४

असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ

फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो

रेडियो काबेलीताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्