कञ्चनजंघा सेसेलुङ गोल्ड कपः पाँचथर फुटबल क्लब बिजयी



रेडियो काबेली
ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा आयोजित आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपमा बिहिबार (आज) भएको खेलमा पाँचथर फुटबल क्लब बिजयी भएको छ । भानु जन माध्यमिकको खेल मैदानमा भएको खेलमा जलथल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर फुटबल क्लब बिजयी हुँदै सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ ।


प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजक कञ्चनजंघा फुङलिङ क्लबले जनाएको छ । जसमा आयोजक सहित सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहेको छ ।

बुधबार भएको उद्धघाटन खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरीले सेमिफाईनलको यात्रा पक्का गरि सकेको छ ।

शुक्रबार (भोली) रारा फुटबल क्लब धनकुटा र आठराई गाउँपालिका तेह्रथुम बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।


प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।

प्रकाशित मिति : 11:35 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो