पुषे मेला स्वर्ण महोत्सवः भलिबलमा मुकेश मेमोरियल ताप्लेजुङ फाईनलमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ। पुषे मेला स्वर्ण महोत्सवमा जारी अन्तरजिल्ला पुरुष भलिबलमा मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार (आज) भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको हो ।

मुकेश मेमोरियल क्लब ताप्लेजुङले संखुवासभालाई २५–२१,२५–१९,२६–२४ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापासँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिए ।

प्रकाशित मिति : 11:47 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन