आजबाट कञ्चनजंघा सेसेलुङ गोल्डकपको सुरु हुँदै,पहिलो खेलमा आयोजक र चक्रघट्टी सुनसरी खेल्दै



ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा आमन्त्रित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप बुधवार (आज) बाट सुरु हुँदैछ । पहिलो खेलमा कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङ र चक्रघट्टी फुटबल क्लब सुनसरीबीच प्रतिष्पर्धा हुदैछ । प्रतियोगिता स्थल भानु जन मा.वि. अम्विटारको खेल मैदानमा हुनेछ ।
आजदेखी पौष ११ गते सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक कञ्चनजंघा फुङलिङ क्लवले जनाएको छ ।

सगरमाथा युथ क्लब मोरङ, बी.टि.फुटबल क्लब तेह्रथुम,जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहनेछ ।
त्यस्तै ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड,हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङतर्फ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै धान नाचतर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ५६ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका अध्यक्ष अशोक थेबेले जानकारी दिनुभयो । प्रतियोगिताको सेमीफाईनल अघिका सबै खेलको प्रवेश शुल्क जनही एकसय रुपैयाँ निर्धारण गरिएको समेत आयोजक संस्थाले बताएको छ ।
स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा साङ्गतिक तथा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । चासोक तङनाम सञ्चालक समिति र ङावोरक सङजुम्भो फुङलेङले कार्यक्रमको संयोजन समन्वय गरेका छन् ।

प्रकाशित मिति : 3:56 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो