हिमालयन रिइन्स्योरेन्सको आईपीओ २० कित्ता पाउने चान्स ५० प्रतिशत, १० कित्ता सबैले पाउने



हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने सबैले पाउने भएका छन् । कम्पनीको आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ।

कम्पनीमा सोमबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन गरेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । यसरी, कम्पनीले आइपीओ भर्ने २४ लाख ९० हजार आवेदकलाई शेयर वितरण गर्नेछ ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँट गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको थियो ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेर पुस २ गते पुर्याएको हो।

प्रकाशित मिति : 12:44 am

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले