‘पुषे मेला स्वर्ण महोत्सव २०८०’ आजबाट सुरु, भलिबल प्रतियोगितामा ताप्लेजुङका दुवै टिम विजयी 



रेडियो काबेली। आजदेखि ‘पुषे मेला स्वर्ण महोत्सव २०८०’ सुरु हुने भएको छ । मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित  दोभान स्पोर्टिङ क्लब तथा पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा आयोजित मेला सुरु भएको हो ।  

आगामी पुष ५ गतेसम्म जारी रहने मेलाको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा गरिएको समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताउनुभयो । उहाँका अनुसार ५० वर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेलामा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सञ्चालन भएको छ । 

आज भलिबल प्रतियोगितामा चार खेल भएका छन् । आज भएको खेलमा ताप्लेजुङको प्रतिनिधित्व गरेका दुवै टिमले विजय हासिल गरेका छन् । जसमा हिमाली तोक्पेगोला भलिबल क्लबले इलामलाई सोझो सेटमा पराजित रेको छ भने मुकेश मेमोरियल क्लबले भोजपुर भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।

यस्तै आज नै भएको खेलमा पाथिभरा टाइगर भलिबल क्लब दमक झापाले सङ्खुवासभा भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ भने उदयपुर स्पोर्ट्स क्लबले चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्किम भारतलाई सोझो सेटमा पराजित गरेको समितिका सचिव गणेश कार्की ढोलीले जानकारी दिनु भएको छ । 

मेलाको दोस्रो दिन भोलि पनि चार खेल हुने आयोजकले जनाएको छ । जसमा उदयपुर स्पोर्ट्स क्लब र भोजपुर भलिबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ भने इलामले पाथिभरा टाइगर भलिबल क्लब दमक झापाको सामना गर्ने भएको छ ।
 
यस्तै नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्किम भारतले ताप्लेजुङको मुकेश मेमोरियल क्लबको सामना गर्ने भएको छ भने, हिमाली तोक्पेगोला क्लब र सङ्खुवासभा भलिबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो । 

हिजो उद्घाटन हुने भनिए पनि यातायात बन्दको कारण खेलाडीहरू समयमै आइपुग्न नसकेकाले आज मात्र मेलाको उद्घाटन गरिएको समितिका अध्यक्ष हेम सिरेङ चोङबाङले बताउनु भयो । 

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १२:१९

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ