फुङलिङमा ३ दिने उद्धघोषण तालिम सम्पन्न




रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ४ मा दलितहरुको लागि शुक्रबारबाट सुरु भएको उद्धघोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । सोमबार सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन भएको हो ।


नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ताप्लेजुङको आयोजनामा वडा नं. ४ आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि वडाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक दिपेश सुनामले जानकारी दिए ।


तालिम सहजकर्ता एलिना दियालीले सहभागीहरुको वाककलाको क्षमता वृद्धि गर्न तालिमले केहि हदसम्म सहयोग गरेको बताउँदै सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गरिन् ।

आफुहरुले छोटो समयमा पनि धेरै कुरा सिक्न पाएकोमा सहभागीले भने खुसि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 11:20 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि