‘ऐतिहासिक’ पुसे मेलाका लागि मिक्वाखोला गाउँपालिकाले दुई दिन स्थानीय बिदा दियो



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङको दोभानमा विगत ५० बर्ष देखि लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि मिक्वाखोला गाउँपालिकाले दुईदिन स्थानीय बिदा दिएको छ ।

कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते स्थानीय बिदा दिईएको मिक्वाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश बरालले जानकारी दिए । बिदाका दुईदिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक बिद्यालय एवम् संघसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।

पुसे मेला लाग्न थालेको यो बर्ष ५० बर्ष पूरा भएको छ । पुसे मेलालाई पालिकाले स्थानीय पर्वको रुपमा लिएर उत्सव मनाउन विदा दिएको जनाएको छ ।

मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगमस्थल मानिने दोभानमा सोमबारबाट सुरु भएको पुसेमेला ५ गते सकिने छ । यस अघि मेरिङदेन गाउँपालिकाले पुस ३ र ४ गते स्थानीय विदा दिने जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १०:५९

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक