यातायात बन्दका कारण पुषे मेला स्वर्ण महोत्सव २०८० को उद्घाटन आज हुन सकेन, भोलि बिहान ७ बजे हुने



ताप्लेजुङ् । आज उद्घाटन हुने भनिएको पुषे मेला स्वर्ण महोत्सव २०८० को उद्घाटन भोलि बिहान ७ बजे हुने भएको छ । यातायात बन्दको कारण खेलाडीहरू समयमै आइपुग्न नसकेकाले उद्घाटन मिति सारिएको हो । 

मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित  दोभान स्पोर्टिङ क्लब तथा पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा आयोजित उक्त मेलाको उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा गरिने समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताउनुभयो । 

उहाँका अनुसार ५० वर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेलामा यस वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुदैछ  । आगामी पुष ५ गतेसम्म जारी रहने मेलामा भलिबल प्रतियोगिताका लागि  चर्चित मानिएका नाम्चे भलिबल क्लब नाम्चे बजार साउथ सिक्कीम, भारत, नगर खेलकुद विकास समिति, गलकोट बाग्लुङ, भोजपुर भलिबल क्लब भोजपुर, पाथीभरा टाइगर भलिबल क्लब दमक झापा, सङ्खुवासभा भलिबल क्लब सङ्खुवासभा, सुनसरी जिल्ला भलिबल टिम र उदयपुर स्पोर्ट्स क्लब आमन्त्रित क्लबको रुपमा सहभागी हुने भएका छन् ।

गृह जिल्लाको तर्फबाट मुकेश मेमोरियल क्लब र हिमाली तोक्पेगोला भलिबल क्लबले सहभागिता जनाउने भएका छन् । प्रत्येक टिमले २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराउन पाउने नियमानुसार यो प्रतियोगितामा सहभागी टिमले सो स्तरको खेल खेलेका खेलाडी समेत सहभागी गराउने सूचना प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उप विजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो । 

भलिबल प्रतियोगितातर्फ सर्वोत्कृष्ट हुने खेलाडी नगद १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुँदा उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । भलिबल खेल सँगै त्यहाँ ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक कमिटीले जनाएको छ । 

प्रकाशित मिति : 12:21 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको