याङ्वरक गाउँपालिकाको प्रशासकीय भवन एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन



पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको याङ्वरक गाउँपालिका केन्द्र थर्पुमा निर्मित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ । आइतबार झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा पाँचथर आइपुग्नुभएका ओलीले आज बिहान एक समारोहबिच भवन उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै ओलीले स्थानीय तह मजबुत भए मात्र सङ्घीयता कार्यान्वयन सार्थक हुने बताउनुभएको छ । पछिल्लो समय सङ्घीयतालाई कमजोर पार्ने शक्तिहरु सल्बलाउन थालेकाले त्यसविरुद्व नागरिक एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

याङ्वरक ४ निशानधाम नजिकै रहेको प्रशासकीय भवन ४ करोड ५० लाख रुपियाँ लागतमा निर्माण भएको हो । उद्घाटन कार्यक्रम प्रत्यक्ष रुपमा उपस्थित भएर गर्ने भनिए पनि ओलीको शारीरिक अस्वस्थताले गर्दा भर्चुअल माध्यमबाट फिदिमबाटै गरिएको बताइएको छ ।

प्रकाशित मिति : 7:57 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि