याङ्वरक गाउँपालिकाको प्रशासकीय भवन एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन



पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको याङ्वरक गाउँपालिका केन्द्र थर्पुमा निर्मित प्रशासकीय भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको छ । आइतबार झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा पाँचथर आइपुग्नुभएका ओलीले आज बिहान एक समारोहबिच भवन उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै ओलीले स्थानीय तह मजबुत भए मात्र सङ्घीयता कार्यान्वयन सार्थक हुने बताउनुभएको छ । पछिल्लो समय सङ्घीयतालाई कमजोर पार्ने शक्तिहरु सल्बलाउन थालेकाले त्यसविरुद्व नागरिक एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

याङ्वरक ४ निशानधाम नजिकै रहेको प्रशासकीय भवन ४ करोड ५० लाख रुपियाँ लागतमा निर्माण भएको हो । उद्घाटन कार्यक्रम प्रत्यक्ष रुपमा उपस्थित भएर गर्ने भनिए पनि ओलीको शारीरिक अस्वस्थताले गर्दा भर्चुअल माध्यमबाट फिदिमबाटै गरिएको बताइएको छ ।

प्रकाशित मिति : 7:57 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा