पोखरामा प्याराग्लाइडिङ बन्द



नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिनुभयो । प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ । त्यसै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सो संस्थाले नै निर्धारण गर्दै आएको थियो ।

उहाँले प्यारापाइलटले आफूखुसी उडान दर तोक्दा सस्तोमा उडान हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँदै एकद्वार प्रणालीबाट दररेट तोकिनुपर्ने अडान राखेकाले विवाद समाधान भएपछि मात्रै उडान खोलिने बताउनुभयो ।

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब पोखराले नेपाल हवाई खेलकुद संस्था सिन्डिकेटको विपक्षमा देखिएको भन्दै सस्तो दर र आफूखुसी उडान गर्न असमर्थ रहेको जानकारी गराएको छ । क्लबले कम्पनी कम्पनीबिचको द्वन्द्वका कारण प्याराग्लाइडिङको भविष्य सुनिश्चित नहुनुका साथै चालक पलायन हुने र उडान सुरक्षा नहुने भन्दै प्यारापाइलट उडानमा संलग्न नहुने जनाएको छ ।

विगत १६ महिनादेखि एकद्वार प्रणालीबाट उडान भइरहेकाले पुनः एकद्वार प्रणालीबाट सेवा सुचारु हुनुपर्ने पाइलट्स क्लबले जनाएको छ । यसअघि एक जना यात्रुलाई प्याराग्लाइडिङमा उडाएबापतको शुल्कमा ७० प्रतिशत कम्पनी र ३० प्रतिशत पाइलटले पाउँदै आएका थिए ।

प्रकाशित मिति : १ पुष २०८०, आईतवार ००:४४

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै