ताप्लेजुङको फुङ्लिङमा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निर्माण गर्न लागिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको छ । फुङ्लिङ नगरपालिका –८ दोखुको पानीट्याङ्की टोलमा निर्माण गर्न सुरु गरिएको बौद्ध गुम्बाका लागि बजेट अभाव भएको हो ।

सात वर्षअघि अर्थात् २०७३ सालमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी गुम्बा निर्माण सुरु गरिएको भए पनि बजेट अभावले निर्माण कार्यमा प्रगति भएको छैन । ङाग्युर ञिङ्मा डोकुन थार्पालिङ नामकरण गरी बौद्ध गुम्बा निर्माणको काम सुरु गरिएको थियो । बजेट अभाव भएकाले निर्माण कार्यमा समस्या भइरहेको गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष भगिमान तामाङले बताउनुभयो ।

तामाङका अनुसार जिल्लाकै एक आकर्षक र नमुना गुम्बा बनाउने दावीसहित संरचनाको आकृति (डिजाइन) बनाएर निर्माणको काम सुरु गरिएको थियो । निर्माणको काम सुरु गरेको सात वर्ष हुँदासमेत पर्याप्त बजेट नहुँदा गुम्बा निर्माणमा ५० प्रतिशत पनि प्रगति नभएको उपभोक्ता समितिले जनाएको छ । वडा सदस्यसमेत रहनुभएका बौद्ध गुम्बा व्यवस्थापन समितिका सदस्य भूपेन्द्र मगरले बजेट जुटाउन गाह्रो भएको बताउनुभयो ।

उहाँका अनुसार हालसम्म गुम्बा विकास समितिबाट प्राप्त सात लाख रुपियाँ, पूर्व प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङको प्रदेश सांसद विकास कोषबाट प्राप्त नौ लाख रुपियाँ खर्च भएको छ ।

त्यस्तै नगरपालिका र वडाबाट प्राप्त रकम तथा स्थानीयले सङ्कलन गरेको ४० लाख रुपियाँ नगद र जनश्रमदान गरी हालसम्म करिब एक करोड रुपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षका लागि वडाबाट विनियोजित छ लाख रुपियाँबाहेक अन्य कुनै बजेट उपलब्ध नभएको पनि गुम्बा व्यवस्थापन समितिले जनाएको छ । यता, बजेट व्यवस्थाका लागि प्रदेश सरकार हुँदै जिल्लाबाट निर्वाचित प्रदेश तथा सङ्घीय सांसदहरुलाई पनि गुहार्दै आएको निर्माणाधीन बौद्ध गुम्बाका संरक्षक किरण पाख्रिन तामाङले बताउनुभयो । जनप्रतिनिधिसमक्ष बजेट माग गर्दा हालसम्म आश्वासन मात्र पाउनेगरेको तामाङको भनाइ छ ।

उक्त बौद्ध गुम्बा निर्माण सम्पन्न गर्न २०७३ सालमा गरिएको डीपीआरअनुसार कुल लागत रकम दुई करोड ५० लाख तीन हजार ८४७ रुपियाँ छ । सात वर्षसम्म पनि गुम्बा निर्माणको काम सम्पन्न नभएको गुम्बाका संरक्षक तामाङले बताउनुभयो ।

गुम्बा निर्माण गर्न सुरु गरिएको टोलमा तामाङ समुदायको बाहुल्य छ । हाल सो टोलका बासिन्दाले स्थानीय तह हुँदै जिल्लाबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधिसमक्ष थप योजना नभइ निर्माणाधीन बौद्ध गुम्बा सम्पन्न गरिदिए पुग्ने बताउँदै आएका छन् । आफ्नो समुदायका लागि मात्र नभई निर्माणाधीन बौद्ध गुम्बा सबैको साझा बनाउन चाहेको उहाँहरुको भनाइ छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : 1:08 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ