फुङलिङ नगरपालिका वडा नं. ४ मा उद्धघोषण तालिम सुरु




रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ४ मा दलितहरुको लागि उद्धघोषण तथा भाषणकला तालिम शुक्रबारबाट सुरु भएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ताप्लेजुङको आयोजनामा वडा नं. ४ को सभाहलमा तालिम सुरु भएको हो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि वडाको आर्थिक सहयोगमा कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक दिपेश सुनामले जानकारी दिए ।


उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी फुङलिङ नगरपालिकाकी उप–प्रमुख भिमा देवी ओझाले कार्यक्रमले सहभागीहरुको वाककलामा विकास हुने र यस्ले हरेकको जिवनमा अर्थ राख्ने विश्वास व्यक्त गरिन् ।


त्यस्तै वडा नं. ४ का अध्यक्ष दुर्गा पालुङ्वाले सबै सहभागीलाई राम्रोसँग सिक्न र सिकेकोे कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । तालिममा १५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 2:32 pm

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत