पाथीभराको विकास निर्माणमा पहल गरिदिन आग्रह



रेडियो काबेली

ताप्लेजुङ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ ।

गृहजिल्ला आएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको हो ।

पाथीभरा जाने सुकेटार (काफ्लेपाटी) सडकखण्डको स्तरोन्नति लगायतका निर्माण कार्य चाँडो सम्पन्न गराउन आवश्यक पहल र समन्वय गरिदिन आग्रह गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ११ प्रतिशतमात्र काम सकिएको छ । निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रालि काठमाडौँले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।

उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवा प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ ।

हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युतका कारण नियमित भइरहेको छैन । यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताए ।

यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताए ।

उनले यसअघि निर्माण सकिएका योजनाको मर्मतसम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताए । समितिका पदेन सदस्यसमेत रहेका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित मिति : 1:42 pm

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत