युडब्लुएस नेपालले गर्‍यो स्थानीय तहसँग समीक्षात्मक कार्यक्रम 



ताप्लेजुङ । युनाइटेड वल्र्ड एजुकेसन (युडब्लुएस) नेपालले ताप्लेजुङको स्थानीय तहसँग समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । पिछडिएका तथा सीमान्तकृत समुदायका बालबालिकाहरूलाई शैक्षिक अवसर र पहुँच प्रदान गर्ने उद्देश्यका साथ स्थापित यस संस्थाले आज ताप्लेजुङमा समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको हो । 

ताप्लेजुङका स्थानीय तहका प्रमुख तथा उपप्रमुख साथै यस अघि पनि शिक्षा क्षेत्रमा काम गर्दै आएका रिड नेपाल र एचपिएफ सँग गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनका लागि समीक्षात्मक कार्यक्रम गरिएको युडब्लुएसका अध्यक्ष खेमराज खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार छिमेकी जिल्ला सङ्खुवासभा जिल्ला प्रशासन कार्यलयमा दर्ता भई स्थापना भएको युडब्लुएस नेपालले ताप्लेजुङमा समेत आफ्नो कार्यक्षेत्र बढाउने भएको छ ।

यसअघि ताप्लेजुङमा ५ ओटा सहित संखुवासभामा ५३ र गुल्मीमा १८ ओटा विद्यालय निर्माण सम्पन्न भएको पनि उहाँले जानकारी दिनु भएको छ । युडब्लुएस नेपालले ताप्लेजुङमा हालसम्म फुङलिङ नगरपालिकाको दिपज्योति आधारभुत विद्यालय, सिम्ले आधारभुत विद्यालय, मेरिङदेन गाउँपालिकाको सिद्वकाली आधारभुत विद्यालय थिङलाबु, पाथीभरा याङवरक गाउँपालिकाको जनता आधारभुत विद्यालय थुम्बेदिन र मैवाखोला गाउँपालिकाको सरस्वती आधारभुत विद्यालय तुम्बेको भवन निर्माण गरेको छ । 

ताप्लेजुङको अन्य क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गर्न आज जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग छलफलको आयोजना गरिएको अध्यक्ष खड्काको बताउँनुभयो । युडब्लुएस नेपालले युके एड, स्थानीय तह र समुदायसँगको साझेदारीमा काम गर्दै आइरहेको छ । 

हालसम्ममा ७६ ओटा विद्यालयमा करिब १४ हजार विद्यार्थी लाभान्वित भएको युडब्लुएस नेपालको भनाई छ । 

प्रकाशित मिति : 12:54 pm

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल

मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो

रेडियो काबेलीताप्लेजुङ । मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया

पाथीभरामा ३३ लाख ८२ हजार भेटी सङ्कलन 

ताप्लेजुङ, कात्तिक १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा