एमाले अध्यक्ष ओलीद्वारा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको निरीक्षण, कामलाई गति दिन आग्रह 



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको काममा  ढिलाइ भइरहेको बताउनुभएको छ । आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको बताउँनु भएको हो । 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहनुभएका ओलीले मंगलबार बिहान आयोजनाको निरीक्षण गर्दै कामलाई गति दिनु पर्ने बताउनुभयो । ‘यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् भन्न चाहन्छु’, ओलीले भन्नुभयो ।  ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

काम छिटो हुँदा किसानले छिटो लाभ लिन पाउने उहाँले बताउनुभयो । ओलीले निर्माणको काममा खट्ने कर्मचारीहरूलाई भने धन्यवाद दिनुभयो । निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न पनि ओलीले आग्रह गर्नुभयो ।  सो आयोजना प्रकृतिसँगको कारोबार भएकोले सानो लापरबाहीले ठुलो क्षति हुने भएको बताउँदै कामको गुणस्तरमा सम्झौता गर्न नहुने ओलीको धारणा छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो । 

सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ ।  आयोजनाबाट ४६।८ मेगावाट विद्युत् समेत उत्पादन हुने छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दिया जिल्लामा सिँचाई सुविधा पुर्‍याउने सो आयोजनाको लक्ष्य रहेको छ  । 

उक्त आयोजनाको सुरुङको लम्बाइ १२ हजार मिटर रहेको छ । आयोजना स्थलमा अध्यक्ष ओलीसँगै नेकपा एमालेका केन्द्रीय पदाधिकारी तथा नेताहरू पुग्नु भएको थियो । उहाँहरूले निर्माणमा भएको प्रगतिको बारेमा पनि जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : 11:11 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको