पवित्र तीर्थस्थल पाथीभरामा सर्वपक्षीय अनुगमन



रेडियो काबेली । पवित्र तीर्थस्थल पाथीभरामा सर्वपक्षीय अनुगमन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा त्यहाँ भएका समस्या, निर्माणधीन संरचना, बजार पसल लगायतको क्षेत्रमा केन्द्रित रहेर अनुगमन गरिएको हो ।

पाथीभरा क्षेत्रमा रहेको लिफ्टिङ खानेपानी, हेलीप्याडको स्तरोन्नति, मन्दिरमा क्षेत्रमा तीर्थयात्रीको भिड व्यवस्थापन, फोहोरमैला व्यवस्थापनको स्थलको, काफ्लेपाटीमा बसपार्क, त्यहाँ सञ्चालित होटल तथा बजार पसल, विद्युत, पदमार्ग लगायतका क्षेत्रमा अनुगमन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनु भएको छ ।

हाङडबाङका अनुसार, पूर्व मन्त्री बलबहादुर साम्सोहाङ साथै विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

अनुगमनपश्चात टोलीमा रहेको प्रतिनिधिको सल्लाह, सुझाव र निष्कर्षको आधारमा आगामी कार्य योजना तयार पारिने हाङडबाङले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 2:15 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर