पवित्र तीर्थस्थल पाथीभरामा सर्वपक्षीय अनुगमन



रेडियो काबेली । पवित्र तीर्थस्थल पाथीभरामा सर्वपक्षीय अनुगमन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा त्यहाँ भएका समस्या, निर्माणधीन संरचना, बजार पसल लगायतको क्षेत्रमा केन्द्रित रहेर अनुगमन गरिएको हो ।

पाथीभरा क्षेत्रमा रहेको लिफ्टिङ खानेपानी, हेलीप्याडको स्तरोन्नति, मन्दिरमा क्षेत्रमा तीर्थयात्रीको भिड व्यवस्थापन, फोहोरमैला व्यवस्थापनको स्थलको, काफ्लेपाटीमा बसपार्क, त्यहाँ सञ्चालित होटल तथा बजार पसल, विद्युत, पदमार्ग लगायतका क्षेत्रमा अनुगमन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनु भएको छ ।

हाङडबाङका अनुसार, पूर्व मन्त्री बलबहादुर साम्सोहाङ साथै विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

अनुगमनपश्चात टोलीमा रहेको प्रतिनिधिको सल्लाह, सुझाव र निष्कर्षको आधारमा आगामी कार्य योजना तयार पारिने हाङडबाङले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 2:15 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई