बिर्तामोड युनाइटेड प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश



पाँचथर ।  झापाको बिर्तामोड युनाइटेड जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार सम्पन्न खेलमा इलामको रेडहर्स क्लबलाई १-० गोल अन्तरले स्तब्ध पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । 

झापाको जितका लागि श्याम मुर्मुले गोल गरे । अब बिर्तामोडले फाइनल प्रवेशका लागी कर्ण सिं सोनाम स्मृति क्लब र हिमालय शेर्पा बिचको विजेता सँग खेल्नेछ ।

खेलको २२ औं मिनेटमा मुर्मुले गरेको गोलनै झापालाई जित दिलायो । विजयी गोल गरेका झापाको मुर्मु खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । 

२३ गते फाइनल रहेको प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछन् ।

भोलि सोमबार डागीहाट फुटबल क्लब मोरङ र दार्जिलिङ युनाइटेड क्लब भारत बिच प्रतिस्पर्धा हुने भएको छ । 

प्रकाशित मिति : 1:52 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी