बिर्तामोड युनाइटेड प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश



पाँचथर ।  झापाको बिर्तामोड युनाइटेड जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार सम्पन्न खेलमा इलामको रेडहर्स क्लबलाई १-० गोल अन्तरले स्तब्ध पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । 

झापाको जितका लागि श्याम मुर्मुले गोल गरे । अब बिर्तामोडले फाइनल प्रवेशका लागी कर्ण सिं सोनाम स्मृति क्लब र हिमालय शेर्पा बिचको विजेता सँग खेल्नेछ ।

खेलको २२ औं मिनेटमा मुर्मुले गरेको गोलनै झापालाई जित दिलायो । विजयी गोल गरेका झापाको मुर्मु खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । 

२३ गते फाइनल रहेको प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्नेछन् ।

भोलि सोमबार डागीहाट फुटबल क्लब मोरङ र दार्जिलिङ युनाइटेड क्लब भारत बिच प्रतिस्पर्धा हुने भएको छ । 

प्रकाशित मिति : 1:52 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई