कञ्चनजंघा सेसेलुङ गोल्ड कपको उपाधि सुनसरीको पोल्टामा




ताप्लेजुङ । कञ्चनजंघा सेसेलुङ गोल्ड कपको पहिलो संस्करणको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबको पोल्टामा परेको छ । बुधबार (आज) भएको फाईनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरीले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।


उपाधीसँगै चक्रघट्टी फुटबल क्लबले ३ लाख २ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता भएको सगरमाथा युथ क्लबले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्रमा चिक्त बुझाएको छ ।


चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भोद्वारा प्रतियोगिताको आयोजना गरिएको हो । गत पुष ४ गतेदेखि भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा भई रहेको गोल्डकपमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब सहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 11:49 am

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)