कञ्चनजंघा सेसेलुङ गोल्ड कप : उपाधिका लागि आज सुनसरी र मोरङ भिड्दै



ताप्लेजुङ । कञ्चनजंघा सेसेलुङ  गोल्ड कपको पहिलो संस्करणको उपाधिका लागि आज सुनसरीको चक्रघट्टी फुटबल क्लब र मोरङको सगरमाथा युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भोद्वारा आयोजित प्रतियोगिताको उपाधि रक्षाका लागि आज सुनसरी र मोरङबीच भिडन्त हुन लागेको हो । 

फाइनल प्रवेश गरेका सुनसरीले पहिलो खेलमा आयोजकलाई २–१ र सेमिफाइनलमा रारा फुटबल क्लब धनकुटालाई १–० को अन्तरले हराएको थियो । उता अर्को समुहबाट फाइनलमा पुगेका मोरङले पहिलो खेलमा बी टी फुटबल क्लब तेह्रथुमलाई ४–० को फराकिलो गोलअन्तरले र पाँचथर फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधिका दाबेदार बनेका हुन् । गोल्डकपको विजेताले ३ लाख २ हजार ८० तथा उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

आयोजक सहित जिल्ला बाहिरका तेह्रथुम, धनकुटा र झापाका टीम पहिलो खेलमै पराजित हुन पुगे । त्यस्तै सेमिफाइनल सम्म पुगेका पाँचथर र आठराई तेह्रथुम पनि फाइनल नपुग्दै बाहिरिन प¥यो । खेल गत पुष ४ गतेदेखि भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा जारी रहेको छ ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार ०५:३८

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन