नेत्र ज्योति संघ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले मनायो भव्यताका साथ रजत महोत्सव



ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङले भव्यताका साथ रजत महोत्सव मनाएको छ । हिजोबाट सुरु भएको महोत्सवको दोश्रो दिन आज ज्योति स्मारिका विमोचन, शुभकामना आदान–प्रदान, प्रशंसा तथा कदरपत्र वितरण गर्दै मनाएको हो । 

संघका केन्द्रिय अध्यक्ष डाक्टर चेतराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको छ । संघ तथा केन्द्र स्थापना भएको २४ औं वर्ष पुरा गरी २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा रजत महोत्सव मनाइएको हो । 

महोत्सवको अवसरमा स्थापनाकाल देखि नै निरन्तर रुपमा सेवा प्रदान गर्दै आईरहेका कर्मचारीलाई प्रशंसा तथा कदर पत्र सहित सम्मान गरिएको छ । त्यस्तै दोभानमा शाखा स्थापनाका लागि जग्गा प्रदान गर्ने जग्गादातालाई समेत सम्मान गरेको संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

कार्यक्रममा केन्द्रिय अध्यक्ष पन्त, प्रतिनिधिसभाका सदस्य लिलादेवी बोखिम, कोशी प्रदेशका पुर्वमन्त्री निर्मला तावा, पालिकाका अध्यक्ष, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको परोपकारी संस्था नेपाल नेत्रज्योति संघ ताप्लेजुङमा २०५५ सालमा स्थापना भएको हो । सो संघ मार्फत फुङलिङमा डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ । ताप्लेजुङमा नेपाल नेत्र ज्योति संघ र डिचेन डोङगलाको स्थापना सँगै सुरु भएको हो । 

डिचेन डोङ्गला ताप्लेजुङकै फक्ताङलुङ गाँउपालिका–७ ओलाङचुङ्गगोलामा जन्मिएकी चेलीको नाम हो । सन् १९६४ मा जन्मनु भएकी उहाँको १९९१ मा २७ वर्षको अल्पायुमै मृत्यु भएको थियो । अष्ट्रेलियाको वोलोङगोङ्ग युनिभर्सिटीमा पोषण सम्बन्धी अध्ययनरत रहँदा अष्ट्रेलियामै दिवंगत हुनुभएकी उहाँको नाममा उहाँका परिवारजनको सक्रियतामा साथीहरूले आर्थिक संकलन गरेर उहाँको परिवारलाई पठाइदिएका थिए । 

उहाँको परिवारले त्यो रकम आफूहरूले राख्न चाहेनन् । उहाँका चार दाजुभाइ मध्ये तीनजना दाजुहरू स्वयं आँखाका डाक्टर हुनुहुन्छ । माइला चुङदाक तेन्जिङ्ग, साईला जम्वा तेन्जिङ्ग र कान्छा दाजु साम्तेन तेन्जिङ्ग आँखाकै डाक्टर भएकोले डिचेनको परिवारले अन्धोपन निवारणका लागि आफ्नै जिल्लामा सहयोग गर्ने चाहना राख्नुभयो । जेठो टाँसी लामा इन्जिनियर हुनुहुन्थ्यो ।

 उहाँको पनि यसैमा समर्थन थियो । उहाँ डिचेनको स्मरणमा ताप्लेजुङको फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सुरु भएको हो । डिचेन डोङ्गला बाहेक नेपाल नेत्रज्योति संघ ताप्लेजुङले मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा ताप्लेजुङको दोभानमा तथा पाँचथरको याङ्वरक गाउँपालिकाको आर्थिक साझेदारीमा थर्पु बजारमा र कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा यासोक बजारमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । 

रजत महोत्सवकै अवसर पारेर नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको संयोजनमा नेत्र ज्योति संघको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन समेत भोलि मंगलबार फुङलिङमै हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १३:३१

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता