कञ्चनजंघा सेसेलुङ गोल्ड कप : फाइनलका लागि पाँचथर र मोरङ भिड्दै



ताप्लेजुङ । ताप्लेजुङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको आज दोश्रो सेमिफाइनल खेल हुँदैछ । भानु जन माध्यमिक विद्यालयको खेलमैदान जारी प्रतियोगितामा फाइनल प्रवेशका लागि आज पाँचथर फुटबल क्लब पाँचथर र सगरमाथा युथ क्लब मोरङ मैदान उत्रदैछन् । 

पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० र मोरङले बीटी फुटबल क्लब तेह्रथुमलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा भिडन्त पक्का गरेका हुन् । आजको विजेताले फाइनलमा चक्रघट्टी फुटबल क्लब सुनसरीसँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । 

हिजो भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पराजित तेह्रथुमले क्वार्टरफाइनलमा रारा फुटबल क्लब धनकुटालाई १–० ले पराजित गरेको थियो । 

त्यस्तै सुनसरीले आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलको यात्रा समेत तय गरेको छ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो । 

गत पुष ४ गतेदेखि सुरु भएको खेलको फाइनल खेल पुष ११ गते हुँदैछ ।  खेलको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार पर्वको मुख्य दिन भोलि सांस्कृतिक तथा साँगीतिक कार्यक्रम हुँदैछ । 

राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँगीतिक कार्यक्रम राखिएको छ । यस्तै मौलिक कार्यक्रम अन्तर्गत धान नाच, च्याब्रुङ, पालाम, ख्याली, हाक्पारे साथै बिभिन्न जातीको मौलिक नृत्य समेत हुने आयोजकको भनाई छ । पर्वको अवसरमा पुष ११ गते फुङलिङ नगरपालिकाले स्थानीय बिदा दिएको छ ।

प्रकाशित मिति : 5:36 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो