छैटौं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि श्रीकास राईलाई



पाँचथर । छैटौं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीमा कार्यरत धावक श्रीकास राईले हात पारेका छन् । निर्धारित साढे नौ किलोमिटरको दूरी २७ मिनेट ५६ सेकेण्डमा पार गर्दै उहाँले उपाधि हासिल गरेका हुन् ।

पाँचथरको फिदिममा आयोजना भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका निरज भट्ट र राजेन्द्र तामाङ दोस्रो र तेस्रो भएका छन् । दोस्रो स्थान प्राप्त गर्न सफल भट्टले २८ मिनेट ३ सेकेण्ड र तेस्रो भएका तामाङले २८ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।

यसैगरी, महिलातर्फको प्रतियोगितामा जुलिन राई पहिलो, भोजपुरकै जुहि राई दोस्रो र विनीता राई तेस्रो बन्न सफल भएका छन् । सुम्हात्लुङ गडी मन्दिरबाट सुरु भएको दौड, पाँचथर बहुमुखी क्याम्पस, आहालगैरी, जोरसाल, पल्लोटार, शनिबारे र जिल्ला प्रहरी कार्यालय हुँदै सुम्हात्लुङ मन्दिरमै पुगेर टुङ्गिएको थियो ।

पुरुषतर्फको उपाधि विजेताले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन् । यस्तै, महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५,३ र २ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।

किरातहरुको सांस्कृतिक पर्व उँधौली अर्थात् चासोक तङनामका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : 12:57 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि