ताप्लेजुङ । प्रथम कञ्चनजंघा सेसेलुङलु गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा आज चक्रघट्टी फुटबल क्लब सुनसरी र आठराई गाउँपालिका तेह्रथुम फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछन् ।
सुनसरीले ताप्लेजुङलाई र तेह्रथुमले धनकुटालाई हराउँदै सेमिफाइनलमा भिडन्त पक्का गरेका हुन् । पुस ९ गते हुने सेमिफाइनलको दोश्रो खेलमा पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङ बीच प्रतिष्पर्धा हुँदैछ । पाँचथरले जल थल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
चासोक तङ्नामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्जुभो फुङलेङ र चासोक तङ्नाम सञ्चालन समितिको संयुक्त पहलमा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेता र उपविजेतालाई क्रमश नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया