नेत्र ज्योति संघ तथा डिचेन डोङ्गलाको रजत महोत्सव सुरु



ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो संघद्धार सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको अवसरमा रजत महोत्सव सुरु भएको छ । आज आँखा सचेतना सम्बन्धी प्रभातफेरी कार्यक्रम गरी महोत्सव सुरु भएको हो ।

 आज बिहान तोक्मेडाँडाबाट सुरु भई नगर परिक्रमा पश्चात आँखा उपचार केन्द्रको भवनमा पुगेर प्रभातफेरी कार्यक्रम सम्पन्न भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । रजत महोत्सवको दोस्रो दिन भोलि आँखा उपचार केन्द्रकै प्राङ्गणमा महोत्सवको औपचारिक कार्यक्रम हुने भएको छ । 

नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डाक्टर चेतराज पन्तको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले प्रकाशन गरेको ‘ज्योति स्मारिका २०८०’को विमोचन, शुभकामना आदान–प्रदान, सम्मान प्रशंसा–पत्र तथा कदर–पत्र विमोचन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । 

आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको परोपकारी संस्था नेपाल नेत्रज्योति संघ ताप्लेजुङमा २०५५ सालमा स्थापना भएको हो । सो संघ मार्फत फुङलिङमा डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ । ताप्लेजुङमा नेपाल नेत्र ज्योति संघ र डिचेन डोङगलाको स्थापना सँगै सुरु भएको हो । 

डिचेन डोङ्गला ताप्लेजुङकै फक्ताङलुङ गाँउपालिका–७ ओलाङचुङ्गगोलामा जन्मिएकी चेलीको नाम हो । सन् १९६४ मा जन्मनु भएकी उहाँको १९९१ मा २७ वर्षको अल्पायुमै मृत्यु भएको थियो । अष्ट्रेलियाको वोलोङगोङ्ग युनिभर्सिटीमा पोषण सम्बन्धी अध्ययनरत रहँदा अष्ट्रेलियामै दिवंगत हुनुभएकी उहाँको नाममा उहाँका परिवारजनको सक्रियतामा साथीहरूले आर्थिक संकलन गरेर उहाँको परिवारलाई पठाइदिएका थिए । 

उहाँको परिवारले त्यो रकम आफूहरूले राख्न चाहेनन् । उहाँका चार दाजुभाइ मध्ये तीनजना दाजुहरू स्वयं आँखाका डाक्टर हुनुहुन्छ । माइला चुङदाक तेन्जिङ्ग, साईला जम्वा तेन्जिङ्ग र कान्छा दाजु साम्तेन तेन्जिङ्ग आँखाकै डाक्टर भएकोले डिचेनको परिवारले अन्धोपन निवारणका लागि आफ्नै जिल्लामा सहयोग गर्ने चाहना राख्नुभयो । जेठो टाँसी लामा इन्जिनियर हुनुहुन्थ्यो । 

उहाँको पनि यसैमा समर्थन थियो । उहाँ डिचेनको स्मरणमा ताप्लेजुङको फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र सुरु भएको हो । डिचेन डोङ्गला बाहेक नेपाल नेत्रज्योति संघ ताप्लेजुङले मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा ताप्लेजुङको दोभानमा तथा पाँचथरको याङ्वरक गाउँपालिकाको आर्थिक साझेदारीमा थर्पु बजारमा र कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा यासोक बजारमा समेत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । 

रजत महोत्सवकै अवसर पारेर नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको संयोजनमा नेत्र ज्योति संघको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन समेत पुस १० गते मंगलबार फुङलिङमै हुने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ०४:३२

ताप्लेजुङको खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको

ताप्लेजुङमा बीपी कोइरालाको सालिक निर्माण गरिने

ताप्लेजुङ । ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको

श्री युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजारको अक्षय कोष स्थापना

ताप्लेजुङ । युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजार

पाथिभरामा केबलकार निर्माणको पक्षमा मोटरसाइकल र्‍याली, चित्रकला मार्फत विरोध 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ ।  ‘हरेक विकासमा युवाहरूको साथ र

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)