मेरिङदेन ६ का विद्यार्थीले पाथिभरा बहुमुखी क्याम्पसमा नि:शुल्क स्नातक अध्ययन गर्न पाउने



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज तुम्बाहाङफेले पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत मेरिङदेन ६ का विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । यो सँगै उक्त गाउँपालिका ६ नाल्बुका विद्यार्थीले क्याम्पसमा नि:शुल्क रुपमा स्नातक तहको अध्ययन गर्न पाउने भएका हुन् ।

आफ्ना वडाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने र न्यून बर्गका विद्यार्थीलाई टेवा पुर्याउने उद्देश्यका साथ वडाले सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको वडा अध्यक्ष तुम्बाहाङफेले बताउनु भयो । क्याम्पसमा हाल नाल्बुका ९ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनु भएका छ । 

उहाँका अनुसार प्रथम वर्षमा भर्ना हुन बाँकी रहेका विद्यार्थीलाई समेत निशुल्क अध्ययनको लागि सम्झौता भएको छ ।

प्रकाशित मिति : 2:15 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी