मेरिङदेन ६ का विद्यार्थीले पाथिभरा बहुमुखी क्याम्पसमा नि:शुल्क स्नातक अध्ययन गर्न पाउने



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज तुम्बाहाङफेले पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत मेरिङदेन ६ का विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएका छन् । यो सँगै उक्त गाउँपालिका ६ नाल्बुका विद्यार्थीले क्याम्पसमा नि:शुल्क रुपमा स्नातक तहको अध्ययन गर्न पाउने भएका हुन् ।

आफ्ना वडाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने र न्यून बर्गका विद्यार्थीलाई टेवा पुर्याउने उद्देश्यका साथ वडाले सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको वडा अध्यक्ष तुम्बाहाङफेले बताउनु भयो । क्याम्पसमा हाल नाल्बुका ९ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनु भएका छ । 

उहाँका अनुसार प्रथम वर्षमा भर्ना हुन बाँकी रहेका विद्यार्थीलाई समेत निशुल्क अध्ययनको लागि सम्झौता भएको छ ।

प्रकाशित मिति : 2:15 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई