ताप्लेजुङमा सम्पन्न ३ दिने निःशुल्क आँखा शिविरमा ५ सय बढीले गराए आँखा परीक्षण



ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न भएको ३ दिने निःशुल्क आँखा शिविरमा ५ सयभन्दा बढीले आँखा जाँच तथा परीक्षण गराएका छन् । आइतबारबाट सुरु भएको शिविरमा ५ सय २४ जनाको आँखा जाँच गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा छनोट भएका १ सय २१ जनाको जटिल शल्यक्रिया र १० जनाको साधारण अपरेशन गरिएको छ । जसमध्ये ६३ जना  महिला र ६८ जना पुरुष रहेका छन् । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका छन् । नेपाल नेत्र ज्योति संघ, सेवा फाउण्डेसन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा शिविर सञ्चालन गरिएको नेत्र ज्योति संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेल्पिङ हेन्स, लायन्स क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ तारकेश्वर चौतारी र सानिमा मध्य तमोर हाइड्रो पावर लिमिटेड ताप्लेजुङले सहयोग गरेका छन् । यस्तै अब आगामी मंसिर १४/१५ गते २ दिन याङवरक आँखा उपचार केन्द्र थर्पु बजारमा समेत निःशुल्क आँखा शिविर सञ्चालनको तयारी भइरहेको छ । 

प्रकाशित मिति : 12:59 pm

ताप्लेजुङको पर्यटन विकासमा गुरुयोजना आवश्यक : मन्त्री लङ्वा

ताप्लेजुङ मङ्सिर ३ गते । कोशी प्रदेश सरकारका पर्यटन, वन

फुङ्फुङ्देन झरना पर्यटन मेला : आज दुई खेल हुने

ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित फुङ्फुङ्देन

फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला सुरु 

ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङ्देन झरना

पाथीभरामा ४९ लाख ८७ हजार २०० भेटी सङ्कलन

ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व