ताप्लेजुङमा सम्पन्न ३ दिने निःशुल्क आँखा शिविरमा ५ सय बढीले गराए आँखा परीक्षण



ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न भएको ३ दिने निःशुल्क आँखा शिविरमा ५ सयभन्दा बढीले आँखा जाँच तथा परीक्षण गराएका छन् । आइतबारबाट सुरु भएको शिविरमा ५ सय २४ जनाको आँखा जाँच गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा छनोट भएका १ सय २१ जनाको जटिल शल्यक्रिया र १० जनाको साधारण अपरेशन गरिएको छ । जसमध्ये ६३ जना  महिला र ६८ जना पुरुष रहेका छन् । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका छन् । नेपाल नेत्र ज्योति संघ, सेवा फाउण्डेसन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा शिविर सञ्चालन गरिएको नेत्र ज्योति संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेल्पिङ हेन्स, लायन्स क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ तारकेश्वर चौतारी र सानिमा मध्य तमोर हाइड्रो पावर लिमिटेड ताप्लेजुङले सहयोग गरेका छन् । यस्तै अब आगामी मंसिर १४/१५ गते २ दिन याङवरक आँखा उपचार केन्द्र थर्पु बजारमा समेत निःशुल्क आँखा शिविर सञ्चालनको तयारी भइरहेको छ । 

प्रकाशित मिति : 12:59 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि