ताप्लेजुङमा सम्पन्न ३ दिने निःशुल्क आँखा शिविरमा ५ सय बढीले गराए आँखा परीक्षण



ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न भएको ३ दिने निःशुल्क आँखा शिविरमा ५ सयभन्दा बढीले आँखा जाँच तथा परीक्षण गराएका छन् । आइतबारबाट सुरु भएको शिविरमा ५ सय २४ जनाको आँखा जाँच गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार शिविरमा छनोट भएका १ सय २१ जनाको जटिल शल्यक्रिया र १० जनाको साधारण अपरेशन गरिएको छ । जसमध्ये ६३ जना  महिला र ६८ जना पुरुष रहेका छन् । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेका छन् । नेपाल नेत्र ज्योति संघ, सेवा फाउण्डेसन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा शिविर सञ्चालन गरिएको नेत्र ज्योति संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेल्पिङ हेन्स, लायन्स क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ तारकेश्वर चौतारी र सानिमा मध्य तमोर हाइड्रो पावर लिमिटेड ताप्लेजुङले सहयोग गरेका छन् । यस्तै अब आगामी मंसिर १४/१५ गते २ दिन याङवरक आँखा उपचार केन्द्र थर्पु बजारमा समेत निःशुल्क आँखा शिविर सञ्चालनको तयारी भइरहेको छ । 

प्रकाशित मिति : 12:59 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई