एमालेलाई कमजोर नबनाई कुनै शक्तिको इच्छा पुरा नहुने बुझेर आक्रमण भएको हो : योगेश भट्टराई



ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश कुमार भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उद्योग सञ्चालन गर्न सुझाव दिनु भएको छ । आज नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो भन्नु भएको हो । 

उहाँले पूर्व राजालाई हिजो कमाएको पैसालाई विदेशी बैंकमा राख्नु भन्दा पनि यहाँ स्वदेशमा ल्याएर लगानी गर्न सुझाव दिदैँ त्यो लगानीको संरक्षण नेपाल सकारले गर्ने बताउँनु भएको छ । तर राजनीतिक अधिकारको निम्ति फेरी सडकमा आउँने हो भने झस्केलाबाट होइन ढोकाबाट आउन आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो, “कुसित मनसायले आजको राजनीतिक अस्थिरता मचाउनु, यहाँको धार्मिक सहिष्णुतालाई बिथोल्न, जातीय एकतालाई बिथोल्न ज्ञानेन्द्र शाहका नाममा जे गतिविधि भइरहेका छन्। यो नेपाली जनता र नेपाललाई स्वीकार्य छैन र संविधानले त्यो अधिकार पनि दिदैँन । यदि त्यसरी जाने हो भने उनी माथि कारबाही हुन्छ ।” 

आजको संविधान आजको व्यवस्था, गणतन्त्र, लोकतन्त्र, संघीयता र बहुदलको सबैभन्दा बढि पहरेदार एमाले भएकोले विभिन्न आन्दोलनको नाममा एमालेलाई निशाना लगाइएको उहाँले बताउनु भएको छ । उहाँले भन्नु भयो, “सुन्डा मसुन्डाहरु खडा गरेर एमाले माथि निसाना गर्ने, काठमाडौंमा प्रर्दशन गर्ने एमाले माथि निसान लाउने, किन एमाले माथि निसाना लाउने ? भन्दा आजको संविधान आजको व्यवस्था, यो गणतन्त्र, यो लोकतन्त्र, सङ्घीयता, यो बहुदलीय व्यवस्था यो लोकतन्त्रको सबभन्दा पहरेदार को हो भन्दा एमाले ! जतिय एकतालाई भत्किन नदिने को त भन्दा एमाले ! यहाँको धार्मिक सद्भावलाई भत्किन नदिने को त भन्दा एमाले हो ।” 

एमाले जस्तो बलियो पार्टीलाई कमजोर नबनाई कुनै पनि शक्तिको इच्छा पुरा हुँदैन भन्ने बुझेर एमाले माथि आक्रमण भएको उहाँले बताउनु भएको छ । एमाले संयम छ, एमालेले संयमताका साथ आफ्नो काम गरिरहेको पनि जानकारी गराउनु भएको छ । तर, एमाले सधैँ चुपलागेर नबस्ने भन्दै आवश्यक परे एमाले पनि सडकमा उत्रिने चेतावनी समेत दिनु भएको छ । 

प्रकाशित मिति : 1:39 pm

दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्रमा दर्शनार्थी स्वास्थ्य सहायता केन्द्र स्थापना

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपिठ पाथीभराको दर्शन गर्न

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका