सान्थाक्राका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत सामाग्री



ताप्लेजुङ – ताप्लेजुङको सान्थाक्राका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत सामाग्री प्रदान गरेको छ ।

मेरिङदेन गाउँपालिका २ सान्थाक्रास्थित बेलबुङचोक नजिकका स्थानीय फुर्तेम्बा माईला उर्फ स्याउरे शेर्पालाई राहत सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिका बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा पालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर), पालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङचोङबाङ लगायतको उपस्थितिमा राहत सामाग्री प्रदान गरिएको हो । पीडितलाई नगद, न्यानो कपडा, त्रिपाल, खाद्यन्न लगायतको सामाग्री उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

शेर्पाको घरमा गत मंसिर ४ गते सोमबार आगलागी भएको हो । आगलागीबाट शेर्पाको घरमा रहेको खाद्यन्न, लत्ताकपडा, नगद, किचनका सामाग्रीहरु जलेर नष्ट हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : 7:12 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई