दसैँ तिहारमा ६१ हजार बढी भक्तजनले पाथीभराको दर्शन गरे



ताप्लेजुङ । दसैँ, तिहार र छठको अवधिमा एकसट्ठी हजार भन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा को दर्शन गरेका छन् । दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितीका अनुसार दसैँको घटस्थापनादेखि छठ सम्ममा कुल ६१ हजार ५६६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले छोटो अवधि अर्थात् पाँच साताको अवधिभित्रै यति धेरै सङ्ख्यामा तीर्थयात्री आएका समितिका नव–नियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा मात्र २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका गरेका थिए। बाँकी भक्तजनले कोजाग्रत पूर्णिमा पछि पाथीभराको दर्शन गरेका हुन्। समितिका अनुसार यसअवधिमा एकैदिन साढे सात हजारसम्म भक्तजनले पाथीभरा दर्शन गरेका थिए।

पाथीभराको दर्शन गर्न ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथमलगायत पूर्वका जिल्लाबाट उल्लेख्य रूपमा भक्तजन आएका छन्। त्यस्तै सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् भने नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतका ठाउँबाट भक्तजन आएका समितिले जनाएको छ। समितिका अनुसार चाडपर्व सकिएपछि पनि भक्तजनको आगमन जारी रहेको छ।

दसैँ र तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिएपनि मन्दिरको बाह्रै महिना पाथीभराको दर्शन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : 4:14 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम