ताप्लेजुङमा पहिलो आईटी एकेडेमीको उद्धघाटन



ताप्लेजुङ । ताप्लेजुङमा जिल्लाकै पहिलो आईटी एकेडेमीको उद्घाटन भएको छ । सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयमा जिल्लाकै पहिलो र एकमात्र आईटी एकेडेमीको उद्घाटन भएको हो । 

आईटी एकेडेमीका परिकल्पनाकार तथा लगानीका मुख्य समन्वयकर्ता वाल्डेमर स्मित र एचपीएफका प्रवन्ध निर्देशक पर्निल क्रुस सहितका दाताहरूको उपस्थितिमा आज एकेडेमीको उद्घाटन गरिएको छ । 

डेनमार्कका व्यावसायी तथा समाजसेवी वाल्डेमर स्मित तथा ह्युमन प्राटिक्स फाउण्डेसन (एचपीएफ) डेनमार्कको अगुवाइ तथा समन्वय साथै बिभिन्न विदेशी दाताहरूको सहयोगमा उक्त आईटी एकेडेमी निर्माण भएको बताइएको छ । 

श्रमदान र समुदाय लागत साझेदारी सहित ५ करोड ३२ लाख २७ हजार ७ सय ७५ रुपैयाँको लागतमा आईटी एकेडेमीको भवन तथा पूर्वाधार निर्माण कार्य पूरा भएको छ । भानु जनले जग्गा खरिद तथा व्यवस्थापनमा मात्रै ३४ लाख ३२ हजार ६ सय ४ रुपैयाँ बराबर खर्च गरेको छ । 

अढाई लाख बढी रकम कोष बचत रहेको छ । भानु जन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङले खर्च विवरण प्रस्तुत गर्दै आईटी एकेडेमी भानु जनकै मात्र नभएर जिल्लाकै आईटी हव र सामूहिक सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।

निर्माणका केही कामहरू अधुरा रहेको र त्यसलाई पूरा गर्ने क्रम समेत जारी रहेकोले उल्लेखित लागतमा केही तलमाथि हुनसक्ने भानु जन माविका प्रधानाध्यापक किशोरकुमार राईले बताउनुभयो । यो सँगै एकेडेमी औपचारिक रुपमा सञ्चालनमा आएको एकेडेमीका प्रमुख तथा एकेडेमी सञ्चालन, व्यवस्थापन समितिका सदस्य सचिव बसन्त पालुङ्वाले बताउनुभयो । 

एकेडेमी भवन भित्र कफी बार सहित आईटी सँग सम्बन्धित सबै सामाग्री साथै मिनी रेकर्डिङ स्टुडियो पनि रहेको छ । यस एकेडेमीमा ग्राफिक डिजाइन तालिम भने सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १३:०६

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय