ताप्लेजुङमा पहिलो आईटी एकेडेमीको उद्धघाटन



ताप्लेजुङ । ताप्लेजुङमा जिल्लाकै पहिलो आईटी एकेडेमीको उद्घाटन भएको छ । सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयमा जिल्लाकै पहिलो र एकमात्र आईटी एकेडेमीको उद्घाटन भएको हो । 

आईटी एकेडेमीका परिकल्पनाकार तथा लगानीका मुख्य समन्वयकर्ता वाल्डेमर स्मित र एचपीएफका प्रवन्ध निर्देशक पर्निल क्रुस सहितका दाताहरूको उपस्थितिमा आज एकेडेमीको उद्घाटन गरिएको छ । 

डेनमार्कका व्यावसायी तथा समाजसेवी वाल्डेमर स्मित तथा ह्युमन प्राटिक्स फाउण्डेसन (एचपीएफ) डेनमार्कको अगुवाइ तथा समन्वय साथै बिभिन्न विदेशी दाताहरूको सहयोगमा उक्त आईटी एकेडेमी निर्माण भएको बताइएको छ । 

श्रमदान र समुदाय लागत साझेदारी सहित ५ करोड ३२ लाख २७ हजार ७ सय ७५ रुपैयाँको लागतमा आईटी एकेडेमीको भवन तथा पूर्वाधार निर्माण कार्य पूरा भएको छ । भानु जनले जग्गा खरिद तथा व्यवस्थापनमा मात्रै ३४ लाख ३२ हजार ६ सय ४ रुपैयाँ बराबर खर्च गरेको छ । 

अढाई लाख बढी रकम कोष बचत रहेको छ । भानु जन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङले खर्च विवरण प्रस्तुत गर्दै आईटी एकेडेमी भानु जनकै मात्र नभएर जिल्लाकै आईटी हव र सामूहिक सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।

निर्माणका केही कामहरू अधुरा रहेको र त्यसलाई पूरा गर्ने क्रम समेत जारी रहेकोले उल्लेखित लागतमा केही तलमाथि हुनसक्ने भानु जन माविका प्रधानाध्यापक किशोरकुमार राईले बताउनुभयो । यो सँगै एकेडेमी औपचारिक रुपमा सञ्चालनमा आएको एकेडेमीका प्रमुख तथा एकेडेमी सञ्चालन, व्यवस्थापन समितिका सदस्य सचिव बसन्त पालुङ्वाले बताउनुभयो । 

एकेडेमी भवन भित्र कफी बार सहित आईटी सँग सम्बन्धित सबै सामाग्री साथै मिनी रेकर्डिङ स्टुडियो पनि रहेको छ । यस एकेडेमीमा ग्राफिक डिजाइन तालिम भने सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : 1:06 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी