पाथीभरा क्षेत्र विकास समितिको कार्यकारीमा प्रजिन हाङवाङ नियुक्त




ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । हाङवाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरेको हो ।

मन्त्री स्तरीय निर्णयवाट ४ वर्षका लागि नियुक्त गरिएको शाखा अधिकृत जंग वहादुर राईद्वारा दिइएको नियुक्ती पत्रमा उल्लेख छ । यस अघि कार्यकारी निर्देशकमा मनमणी काफ्ले रहेका थिए । काफ्लेको म्याद कार्तिक ६ गते सकिएपछि मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो ।

नवनियुक्त हाङ्बाङ अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा निर्वाचन आयोगको प्रमुख समेत हुन् ।
पाथीभरा (मुक्कुमलुङ) देशकै एक प्रसिद्ध तीर्थस्थल मानिन्छ । यहाँ देश विदेशका गरी वार्षिक लाखौं भक्तजनको आगमन हुने गरेको छ ।

नियुक्ति पत्र

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १२:४१

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ

ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ

हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ।