पाथीभरा क्षेत्र विकास समितिको कार्यकारीमा प्रजिन हाङवाङ नियुक्त




ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । हाङवाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरेको हो ।

मन्त्री स्तरीय निर्णयवाट ४ वर्षका लागि नियुक्त गरिएको शाखा अधिकृत जंग वहादुर राईद्वारा दिइएको नियुक्ती पत्रमा उल्लेख छ । यस अघि कार्यकारी निर्देशकमा मनमणी काफ्ले रहेका थिए । काफ्लेको म्याद कार्तिक ६ गते सकिएपछि मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो ।

नवनियुक्त हाङ्बाङ अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा निर्वाचन आयोगको प्रमुख समेत हुन् ।
पाथीभरा (मुक्कुमलुङ) देशकै एक प्रसिद्ध तीर्थस्थल मानिन्छ । यहाँ देश विदेशका गरी वार्षिक लाखौं भक्तजनको आगमन हुने गरेको छ ।

नियुक्ति पत्र

प्रकाशित मिति : 12:41 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि