नेपाली काङ्ग्रेस ताप्लेजुङको ११ जना महासमिति सदस्य चयन



ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङको ११ जना महासमिति सदस्य सर्वसम्मती चयन भएको छ । ताप्लेजुङ फुङलिङ ५ सामुदायिक भवन (सिटि) हलमा एक कार्यक्रमका बिच शनिबार महासमिति सदस्य चयन भएको हो ।

२० जनाको उम्मेदवारी परेकोमा ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत रुपमा महासमिति सदस्यको चयन भएको नेपाली काँग्रेस ताप्लेजुङका सचिव युकहाङवीर(डम्बर)हाङ्गामले जानकारी दिनुभयो । हाङ्गामका अनुसार केशवप्रसाद दाहाल, प्रताप प्रकाश हाङगाम,लिलादेवी बोखिम,गजेन्द्रप्रसाद तुम्याहाङ,खगेनसिंह हाङगाम,टीकाराम गुरुङ,पदमसुन्दर पालुङ्वा, गीताकुमारी सेन्दाङ,छोवाङ लण्डुक शेर्पा , शिला इजम र इन्द्र केदेम, महासमिति सदस्य चयन भएका छन् ।

बिश्वराज नाल्बो लिम्बू, तिलप्रसाद सुब्बा, माला पालुङ्वा, अमिर मादेन,राज थेबे,बलबहादुर तामाङ,युवराज गुरुङ, रीता सेनेहाङ र कल्पनादेवी सिटौलाले उम्मेदवारी फिर्ता लिएको काँग्रेस ताप्लेजुङले जनाएको छ । कांग्रेसले जिल्ला अधिवेशन भएको करिव दुई वर्ष पछि महासमिति सदस्य चयन गरेको हो । कांग्रेसको जिल्ला अधिवेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । यो सँगै नेपाली काँग्रेस ताप्लेजुङको शुक्रबारबाट जारी प्रथम ऐतिहासिक प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

प्रकाशित मिति : 3:31 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)