कोशी प्रदेशको मन्त्रीमण्डल पाँच सदस्यीय, एमाले बाहिरिने



विराटनगर । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेर पाँच सदस्यीय बनाएका छन् ।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । एमालेको असहमतिका बीच शुक्रबार उनले केन्द्रीय सत्ता गठबन्धनका मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् । उनले नियुक्त गरेका माओवादीका मन्त्री गणेश उप्रेती मोरङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उप्रेतीले हालसम्म कुनै पनि राजकीय जिम्मेवारी निर्वाह गरेका छैनन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा मन्त्री नियुक्त भएका कमलप्रसाद जबेगु पुराना बामपन्थी नेता हुन् । उनी यसअघि उद्धव थापा मुख्यमन्त्री हुँदा पनि मन्त्री मण्डलमा सहभागी भएका थिए । मुख्यमन्त्री थापा बर्खास्तमा परेपनि उनको पनि पद गएको थियो । उनी पाँचथर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । यसअघि नियुक्त भएका कांग्रेसका शम्शेर राई इलाम १ (२)बाट निर्वाचित सांसद हुन् । उनी यसअघि इलामको रोङ गाउँपालिकाका अध्यक्ष भइसकेका छन् । यस्तै एमालेको उम्मेदवार बनेर इलाम २ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामबहादुर राना अघिल्लो पटक पनि प्रदेशसभाको सांसद र मन्त्री भइसकेका हुन् ।

यता, एमालेले भने आफ्नो सहमति बिना मन्त्रीमण्डल विस्तार गरेको भन्दै सरकारबाट बाहिरिने बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोलि बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । गठबन्धन दललाई सरकारमा ल्याए आफूहरु बाहिरिने भन्ने आफूहरुको कुरा कार्यान्वयन हुने उनले बताए ।

एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो । तर, मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी कांग्रेस र गठबन्धनको दबाबको कारण गठबन्धनबाटै सरकारमा मन्त्री थप गर्ने निष्कर्षमा पुगेका हुन् ।

रातोपाटी

प्रकाशित मिति : 2:00 pm

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत