त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल विजयी, यूएई ५ विकेटले पराजित




काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो जित निकालेको छ । शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायो ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २र२ तथा गुलसन झा र करण केसीले १र१ विकेट लिए ।

नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यस्तै नेपालले हङकङलाई दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो ।

अब शृङ्खलाअन्तर्गत समूहको अन्तिम खेलमा पर्सि बुधवार हङकङ र यूएईबीच खेल हुनेछ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ । फाइनल खेल आउँदो शुक्रवार हुनेछ ।

प्रकाशित मिति : 10:23 am

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी