एकै दिन ६ हजार बढि दर्शनार्थीले गरे पाथीभराको दर्शन



ताप्लेजुङ । हरेक वर्ष ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको लाखौँको संख्याले दर्शन गर्ने गर्दछन् । बाह्रै महिना मन्दिरको दर्शन गर्न सकिने भएपनि विशेषगरी पाथीभरामा दशैँको समया दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ ।

नवरात्र सुरु हुने वित्तिकै देखि दर्शनार्थीको उपस्थिति उल्लेख्य मात्रा हुने गर्दछ भने फुलपातीको दिन शनिबार मात्रै ६ हजार ४ सय ६० दर्शनार्थीले दर्शन गरेको मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनु भयो ।

पुजारीले दर्शनार्थीको घुँईचो लागेकाले राति १२ बजेबाट नै पुजा गरेको पुजारी डिल्ली आचार्यले बताएका छन् । पाथीभरामा आफुले माग गरेको कुरा पुरा हुने भएकाले पनि एकपटक मात्रै नभएर तिर्थालु पटक पटक आउने गरेको बताउँछन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट काफ्लेपाटीसम्म यातायातका साधन र त्यसपछिको साढे चार किलोमिटर पदैल यात्रा गरेपछि आस्थाकी देवी पाथीभराको मन्दिरसम्म पुग्न सकिन्छ । हिँडन् नसक्नेहरु भरियाको साहाराले मन्दिर पुगेर दर्शन गर्ने गर्दछन् ।

३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको दर्शन गरेमा मनोकाँक्षा पुरा हुने एव्म मागेको कुरा पाईने धार्मिक विश्वास भएकाले पनि दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ ।

तिर्थयात्रीको बाक्लो उपस्थितिले यातायात व्यवसायी एवंम होटल व्यवसायीको व्यस्तता बढेको छ भने आम्दानीको समेत राम्रो स्रोत बनेको छ ।

तस्विरः एलिना दियाली

प्रकाशित मिति : 11:35 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा