मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई चन्द्र बहादुर फागो चोङ्बाङ्का परिवारद्वारा राहत वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई चन्द्र बहादुर फागो चोङ्बाङ्को परिवारले राहत वितरण गरेको छ । मैवाखोला गाउँपालिका ओदका पहिरो पीडित ६५ घर परिवारलाई राहत वितरण गरिएको हो । 

बाजे चन्द्र बहादुर फागो चोङ्बाङ्को समस्त परिवारहरूको तर्फबाट  स्व. चन्द्र बहादुर चोङ्बाङ्, स्व. नरिमाया चोङ्बाङ् (खेबाङ्), स्वा राम प्रसाद चोङ्बाङ्, स्व. मन माया चोङ्बाङ् (ईङ्नाम्),स्व. फुल माया चोङ्बाङ् (तुम्बाहाम्फे) र स्व मीना चोङ्बाङ् हरूको स्मृतिमा राहत वितरण गरिएको सुमन चोङ्बाङ्ले जानकारी दिनुभएको छ । 

राहत मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमको उपस्थितिमा औपचारिक कार्यक्रमका साथ वितरण गरिएको छ । प्रत्येक पीडित परिवारलाई १ बोरा चामल, २ केजी दाल, १ केजी नुन  र १ पोका  तेल  गरी जन्मा ६५ बोरा चामल १३० केजी दाल ६५ लिटर तेल ६५ केजी नुन राहत वितरण गरियो गरिएको छ । 

गएको असार २ गते अविरल वर्षा सँगै आएको पहिरोले मैवाखोला गाउँपालिकाका ६५ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारलाई अहिले अस्थायी एकीकृत आवास गृह बनाई स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०५:४०

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ