मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई चन्द्र बहादुर फागो चोङ्बाङ्का परिवारद्वारा राहत वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई चन्द्र बहादुर फागो चोङ्बाङ्को परिवारले राहत वितरण गरेको छ । मैवाखोला गाउँपालिका ओदका पहिरो पीडित ६५ घर परिवारलाई राहत वितरण गरिएको हो । 

बाजे चन्द्र बहादुर फागो चोङ्बाङ्को समस्त परिवारहरूको तर्फबाट  स्व. चन्द्र बहादुर चोङ्बाङ्, स्व. नरिमाया चोङ्बाङ् (खेबाङ्), स्वा राम प्रसाद चोङ्बाङ्, स्व. मन माया चोङ्बाङ् (ईङ्नाम्),स्व. फुल माया चोङ्बाङ् (तुम्बाहाम्फे) र स्व मीना चोङ्बाङ् हरूको स्मृतिमा राहत वितरण गरिएको सुमन चोङ्बाङ्ले जानकारी दिनुभएको छ । 

राहत मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमको उपस्थितिमा औपचारिक कार्यक्रमका साथ वितरण गरिएको छ । प्रत्येक पीडित परिवारलाई १ बोरा चामल, २ केजी दाल, १ केजी नुन  र १ पोका  तेल  गरी जन्मा ६५ बोरा चामल १३० केजी दाल ६५ लिटर तेल ६५ केजी नुन राहत वितरण गरियो गरिएको छ । 

गएको असार २ गते अविरल वर्षा सँगै आएको पहिरोले मैवाखोला गाउँपालिकाका ६५ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारलाई अहिले अस्थायी एकीकृत आवास गृह बनाई स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति : 5:40 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर