ताप्लेजुङ गोल्डकपको आयव्यय सार्वजनिक, ७३ लाख २४ हजार बढी आम्दानी 



ताप्लेजुङ । गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ आम्दानी भएको विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । आयोजक लाखेजात्रा सञ्चालन समिति र फुटबल सँघद्धारा विरेन्द्रचोकमा आयोजित पत्रकार सम्मेलनमा २३ लाख बढि आम्दानी भएको जनाएको छ ।

प्रतियोगितामा टिकट बिक्री तथा सहयोग सहित ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ आम्दानी संकलन गरेको थियो । ७ खेलको टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार ६ सय रुपैयाँ आम्दानी गरेको थियो । तीमध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको समितिका कोषध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

हाल लक्ष्मी सनराइज बैंकमा ८ लाख ५८ हजार ६ सय ४८ रुपैयाँ छ । फुङलिङ नगरपालिका नगर कार्यापालिका बैठकबाट स्वीकृत ५ लाख रुपैयाँ, पाथीभरा याङवरक गाउँपालिकाबाट १ लाख, सिदिङमा गाउँपालिकाबाट ५० हजार, सिरीजङगा गाउँपालिकाबाट १ लाख, मिक्वाखोला गाउँपालिकाबाट १ लाख ५१ हजार, आठराई त्रिवेणी गाउँपालिकाबाट १ लाख र पक्ताङलुङ गाउँपालिकाबाट १ लाख सुनिश्चित गरेको छ ।

अधिकांश गाउँपालिका अध्यक्षले भानु जन माध्यमिक विद्यालयको खेलमैदान स्थित स्टेजबाट नै रकम घोषणा गरेका थिए । स्थानीय तहमा सुरुवातमा परियोजना प्रस्ताव र कार्य सम्पन्न प्रतिवेदन समेत आयोजकलाई बुझाइसकेको कोषध्यक्ष श्रेष्ठले बताए । कतिपय पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने क्रममा रहेको र बजेट अख्तियारी पाउन बाकी रहेकाले तत्काल भुक्तानी पाउन बाँकी रहेको हो । गाउँपालिकाले तत्कालै स्वीकृत रकम समितिको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

फुङलिङ नगरपालिकास्थित ११ वटै वडाअध्यक्षबाट एकमुष्ट १ लाख १० हजार बुझाउने गरि रकम सुनिश्चित गरेको वडा नं। ५ का वडाअध्यक्ष सोजित श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलन अघि समितिको बैठकले पारित गरेको आय व्यय अनुसार सबैभन्दा बढि खर्च मैदान निर्माणमा गरेको छ ।

मैदान निर्माणमा ८ लाख ९८ हजार ८ सय २५ रुपैयाँ खर्च गरेको छ । प्याराफिट निर्माणमा ४ लाख ९६ हजार ५ सय १५ रुपैयाँ खर्च गरेको छ । स्टेज मर्मत तथा व्यवस्थापनमा १ लाख १७ हजार ५ सय ४० रुपैयाँ खर्च गरेको छ । ट्रफी, मेडल र पुरस्कारमा ६ लाख ३४ हजार १ सय १७ रुपैयाँ खर्च गरेको छ । टिम व्यवस्थापन खर्चतर्फ १० लाख ९९ हजार ६५ रुपैयाँ खर्च गरेको छ । रेफ्री र अफिसियलमा ५ लाख १८ हजार १ सय २० रुपैयाँ खर्च गरेको छ ।

कार्यालय व्यवस्थापन खर्चतर्फ ३७ हजार ४ सय ९० रुपैयाँ भएको छ । आयोजक, सुरक्षा र स्वयंसेवक खर्च ४ लाख ७१ हजार ८ सय ६५ रुपैयाँ भएको छ । यातायात व्यवस्थापन खर्च ९८ हजार र प्रचार प्रसारका लागि मिडिया खर्च २ लाख ५ हजार ६ सय रुपैयाँ भएको छ । मायाको चिनो, स्टेसनरी र ब्यानर तथा छपाई तर्फ ४ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

अध्यक्ष देवराज गुरुङका अनुसार ११ दिनको अवधिमा प्रतियोगिता गर्न चुनौतीपूर्ण भएता पनि सबैको साथमा सफलतापूर्वक फुटबल प्रतियोगिता गर्न सम्भव बनेको बताए । अध्यक्ष गुरुङले भने,‘हामीसँग बहाना थिएन । स्पृष्ट कार्यक्रम थियो । त्यही भएर नाफा निकाल्नेगरी खेल सम्पन्न गर्न सम्भव बन्यो ।’

यसपटकको प्रतियोगिता व्यवस्थापन विगतको भन्दा उत्कृष्ट रहेको जिल्लावासीले बताएका छन् । प्रत्येक दिन टिकटको आम्दानी ताप्लेजुङ गोल्डकप फेसबुक पेजबाट सार्वजनिक गर्ने गरेको थियो । बचत रकम सदरमुकाम स्थित कुनै बैंकमा मुद्दतीमा राख्ने समितिको विहीबार बसेको बैठकले निर्णय गरेको छ । प्रतियोगितामा दार्जिलिङसहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ गरि ८ टिमको सहभागिता थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ०६:०८

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता