ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 



ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो ।

खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै इलामको लागि जितको निर्णायक बन्यो । विजेता बनेसँगै इलामले नगद ३ लाख ११ हजार १ सय ११ रुपैँया सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । 

यस्तै उपविजेता बनेको सुनसरीले भने १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । सुनसरीले सेमिफाइनलमा पथरी ११ फुटबल क्लब मोरङलाई र ईलामले रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा समान ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । 

खेल गत भदौ १४ गतेबाट लाखे जात्रा सञ्चालन समिति तथा जिल्ला फुटबल संघले संयुक्त रुपमा आयोजना गरेको हो । लाखेजात्राको अवसरमा भानु जन माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा भारतका १ सहित ८ टिमको सहभागिता रहेको थियो ।

वि.सं. २०२९ सालबाट लाखेजात्राको अवसर पारेर विभिन्न नामबाट खेलाइँदै आएको खेल यसपालि ताप्लेजुङ गोल्डकपको नाममा सञ्चालन गरिएको हो । यसअघि पाथीभरा गोल्डकपको रुपमा चौथो संस्करणसम्म खेलाइएको थियो । 

लाखेजात्रासँगै खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १३:५४

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको