ताप्लेजुङ गोल्डकप आजबाट सुरु, जुट विकास एकेडेमीद्वारा मानाभरा स्पोर्टिङ क्लब पराजित



 ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकप आजबाट सुरु भएको छ । लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा उक्त गोल्डकप आजबाट सुरु भएको हो । 

खेलको उद्घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले गर्नु भएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटन समारोहमा नगरपालिकाका उप–प्रमुख, ताप्लेजुङका सबै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 

पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको खेल यसपालि भने ताप्लेजुङ गोल्डकपको रुपमा सञ्चालन भएको हो । उद्घाटन खेलमा फुङलिङ नगरपालिकाका ४ र ५ का १४ वर्ष मुनिका खेलाडीहरू मैदानमा उत्रिएका थिए । 

यस्तै आज भएको पहिलो खेलमा गृह टिम मानाभरा स्पोर्टिङ क्लब ताप्लेजुङलाई ट्राइबेकरमा हराउँदै इटहरी सुनसरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

जुट विकास फुटबल एकेडेमीले मानाभरा स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ५–४ ले पराजित गरेको हो । दुबै टिमले खेल अवधिमा १–१ को बराबरी खेलेपछि खेल ट्राइबेकरतर्फ धकेलिएको थियो । 

८ टिम सहभागी प्रतियोगिताको भोलि दोस्रो दिनको खेलमा रेडहर्ष स्पोर्टिङ क्लब इलाम र गोर्खा स्पोर्टिङ क्लब दमक आमनेसामने हुँदैछन् । ४ दिनसम्म सञ्चालन हुने क्वाटरफाइनल अन्तर्गतका ४ ओटा खेलका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ टिकट दर निर्धारण गरिएको आयोजकले जनाएको छ । भदौ १८ र १९ गते सेमिफाइनलका लागि भने २ सय र फाइनलको लागि २ सय ५० रुपैयाँ टिकट शुल्क तोकिएको बताइएको छ ।

दर्शकहरूलाई बस्नको लागि बाँसको प्याराफिट निर्माण गरिएको छ । वि.सं. २०२९ सालदेखि लाखेजात्राको अवसरमा निरन्तर खेल सञ्चालन भएपनि विगत ३ वर्ष भने स्थगित भएको थियो । २ वर्ष कोरोना संक्रमणका कारण र १ वर्ष खेलमैदान अभावका कारण खेल सञ्चालन गर्न नसकिएको आयोजकको भनाई रहेको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद रु तीन लाख ११ हजार एक सय ११ र एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेछन् ।

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : 2:05 pm

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला