ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा, ४७ लाख लागत लाग्ने अनुमान



ताप्लेजुङ ।  ताप्लेजुङ गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी भदौ १४ गतेबाट सुरु हुने उक्त गोल्ड कपको अन्तिम चरणमा पुगेको आयोजक संस्था लाखेजात्रा खेल सञ्चालन समिति र जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । 

करिब एक सातासम्म सञ्चालन हुने खेलका लागि खेलमैदान मर्मत सम्भार, दर्शक बस्नका लागि बाँसद्वारा निर्मित प्याराफिट निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार खेलमा जिल्लाबाहिरबाट भारतको एक टिम सहित ७ ओटा क्लबको सहभागिता रहनेछ । खेलमा राष्ट्रिय स्तरका खेलाडीको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । 

क्वाटर फाइनल अन्तर्गतका ४ खेलाका लागि प्रत्येक दिन १ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै सेमिफाइनलका चरण खेलका लागि २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ । 

करिब ३ वर्षपछि सोही भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा हुन लागेको खेलमा विगतका खेलहरूमा भन्दा धेरै दर्शकको उपस्थिति रहने आयोजकको विश्वास रहेको छ ।

 खेल सञ्चालनको लागि करिब ४७ लाख रुपैयाँ लागत लाग्ने आयोजकले अनुमान गरेका छन् ।प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 1:43 pm

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन