गत वर्ष पाथीभरा मन्दिरमा हालसम्मकै बढी भेटी संकलन



ताप्लेजुङ । पाथीभरा मन्दिरमा हालसम्मकै सबैभन्दा बढी भेटी–दान गत आर्थिक वर्षमा संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हालसम्मकै बढी भेटी गत आर्थिक वर्षमा संकलन भएको जनाएको हो ।

गत आर्थिक वर्षमा आएका २ लाख १ हजार ४ सय ४८ जना तीर्थयात्रीबाट ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभएको छ । गत आर्थिक वर्षमा भेटी दानबाट २ करोड ८५ लाख ६२ हजार ४ सय ९८ रुपैयाँ, सिक्का सटहीबाट ८१ लाख ५६ हजार, दाताबाट बैँकमा प्राप्त १४ लाख ५४ हनार ४  सय ३ रुपैयाँ र १० लाख ८४ हजार ३ सय रुपैयाँ गरी गत आर्थिक वर्षमा ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ । 

यस्तै गत आर्थिक वर्षमा कुल ७१ लाख ८६ हजार ९ सय ८९ रुपैयाँ ३५ पैसा खर्च भएको छ । कर्मचारीको तलबका लागि ५७ लाख ५४ हजार ६ सय ९० रुपैयाँ, फर्निचरमा ९९ हजार ६ं५ सय १ र फोहोर व्यवस्थापनमा ८७ हजार ८ सय रुपैयाँ खर्च भएको क्षेत्र विकास समितीका अध्यक्ष रक्की थेवेले जनाकारी दिनुभएको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ २ लाख ५२ हजार खर्च हुँदा आवश्यक सामाग्री ढुवानीतर्फ ५ लाख २७ हजार ६ सय रुपैयाँ खर्च भएको छ । समितिले आकस्मिक तीर्थयात्री उद्धारका निम्ति ८ हजार ८ सय, बैँक व्याज करतर्फ ३ लाख २८ हजार २ सय १३ रुपैयाँ ३५ पैसा, कार्यक्रम गरेबापत ३० हजार ७ सय रुपैयाँ र अन्य विविधतर्फ ९७ हजार ६ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । 

हाल समितिसँग ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपैयाँ २३ पैसा बैँक खातामा र गत वर्षको असोज ६ गते सम्मको ८५ तोला ८ लाल रिफाईन गरिएको सुन र १ तोला ८५ लाल तौल रहेको सुनको २ थान टिल समितिको भल्टमा सुरक्षित राखिएको समेत जनाइएको छ । गत आर्थिक वर्षको भदौ ७ गतेदखि असार मसान्त सम्म प्राप्त भएको सुनचाँदीको विवरण समेत रिफाइन गरी चाँडै सार्वजनिक गर्नै तयारी भइरहेको समितिका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन १२ गते बसेको बैठकले समितिका सदस्य सम्भुप्रसाद गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । सो समितिले गत आर्थिक वर्षमा प्राप्त भएका सुनचाँदीलाई रिफाइन गरि तौल यकिन गरेर सार्वजनिक गर्नेछन् । 

यस्तै समितिसँग १ र २ दरका नेपाली सिक्का ११ लाख ६० हजार, भारतीय नोट १९ लाख ६४ हजार ५ सय ४० रुपैयाँ, ३४ क्विन्टल भारतीय सिक्का मौज्दात रहेको छ । यस्तै अमेरिकन डलर ३३१९, अस्ट्रेलियन डलर ९०५, इङ्ल्याण्ड पाउण्ड ७७०, साउदी रियाल १२९५, कतार रियाल ३९५२, दुबई रियाल २९५०, मलेसियन रिंगेट २५८० कार्यालयमा मौज्दात रहेको छ । 

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १३:४०

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता