सिरीजङ्घा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन, अध्यक्षमा रुकमान थेवे



ताप्लेजुङ । सिरीजङ्घा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन भएको छ । शनिबार सिरीजङ्घा गाउँपालिकाको अगुवाइमा भएको पालिका भित्रका कवि, लेखक, साहित्यकार तथा कलाकारहरूको भेलाले उक्त समिति गठन गरेको हो । 

गाउँपालिकामा भएको भेलाले तेल्लोक माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका रुकमान थेवेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । त्यस्तै  समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद अधिकारी (प्रधानाध्यापक, सरस्वती माध्यामिक विद्यालय), सचिवमा भीमकुमार माबो लिम्बू, सहसचिवमा राजकुमार लिम्बू रहेका छन् ।

कोषाध्यक्षमा लोजी लिम्बू रहँदा सदस्यहरूमा आइतराज लिम्बू, सदस्यमा नेत्र ताम्लिङ, अन्जान थेवे, आइतराज माबो (राज) र चन्द्रकला पालुङ्वा रहेका छन् । भेलाले आगामी भाद्र २९ गते सिरीजंघा गाउँपालिकाभित्र विद्यालयस्तरीय कविता र गजल प्रतियोगिता आयोजना गर्ने सर्वसम्मत निर्णय पनि गरेको गरेको छ ।

यसैगरी नवगठित सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समितिको विधान निर्माण गर्न लक्ष्मीप्रसाद अधिकारीको संयोजकत्वमा ३ सदस्यीय विधान निर्माण समिति पनि गठन गरिएको पालिका उपाध्यक्ष डा।चित्र माबोले जानकारी दिए ।

उपाध्यक्ष डा। मावोका अनुसार उक्त समितिका सदस्यहरूमा तेजबहादुर भट्टराई र भवानीप्रसाद विष्ट रहेका छन् । सिरीजंघा गाउँपालिकाको साहित्य, कला तथा संस्कृति संरक्षण गर्न समिति गठन गरिएको उपाध्यक्ष माबोले भनाई छ ।

प्रकाशित मिति : 12:01 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर