जसपाकी निर्मला लिम्बू फेरी कोशी प्रदेशको स्वास्थमन्त्रीमा नियुक्त



विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालकी एक्ली सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी छन्। मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) जसपाकी लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन्।

मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। यसअघि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमासमेत उनी सोही मन्त्रालयको जिम्मेवारीमा थिईन्। गत फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै असन्तुष्ट बनेकी उनले पदबाट राजीनामा दिएकी थिईन्।

जसपाले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राखेको थियो। तर मुख्यमन्त्री थापाले पहिचानको आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै जसपा सरकारमा सहभागी हुन तयार भएको हो। यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति : 12:07 pm

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन