जसपाकी निर्मला लिम्बू फेरी कोशी प्रदेशको स्वास्थमन्त्रीमा नियुक्त



विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालकी एक्ली सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त भएकी छन्। मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) जसपाकी लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन्।

मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। यसअघि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमासमेत उनी सोही मन्त्रालयको जिम्मेवारीमा थिईन्। गत फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै असन्तुष्ट बनेकी उनले पदबाट राजीनामा दिएकी थिईन्।

जसपाले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राखेको थियो। तर मुख्यमन्त्री थापाले पहिचानको आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै जसपा सरकारमा सहभागी हुन तयार भएको हो। यसअघि मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १२:०७

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको