वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न



ताप्लेजुङ । चितवनको भरतपुरमा शनिबार देखि सञ्चालन भएको वर्डप्रेस सम्बन्धी दुई दिवसीय वृहत् अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२२’ आइतबार सम्पन्न भएको छ । विश्वव्यापी रूपमा आयोजना हुने वर्डक्याम्प, वर्डप्रेस कम्युनिटीले गर्ने सबैभन्दा ठुलो सम्मेलन हो । हालसम्म ६५ देशका ३७९ सहरहरूमा ११२४ वटा वर्डक्याम्प सम्पन्न भएका छन् र नेपालमा यो सँगै १५ ओटा वर्डक्याम्प सम्पन्न भएको छ ।

वर्डप्रेस नेपालको आयोजनामा भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा भएको उक्त सम्मेलनको पहिलो दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरूले सूचना प्रविधिका विविध विषयहरूमा प्रशिक्षण दिएका थिए । पहिलो दिनको प्रशिक्षकहरूमा ४ जना अन्तर्राष्ट्रिय तथा ६ जना महिला गरी १८ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षकहरूमध्ये भारतदेखि आएका राहुल डी सर्केरले सर्च इन्जिन सम्बन्धी तथा आदित्य शाहले टेक्निकल टर्म डब्ल्युपी सी।एल।आईसम्बन्धी प्रशिक्षण दिएका थिए। यस्तै बंगलादेश देखि आएका रेहान अरिफले कन्टेन्ट मार्केटिङ तथा तनाज मासबाले सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्तिहरुले स्वास्थ्यमा आउन सक्ने समस्या र त्यसलाई निवारण गर्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।

नेपाली प्रशिक्षकहरु ईडा रिजाल, सृष्टि श्रेष्ठ, रोशन जैसवाल, अभिषेक रिजाल, गर्वित श्रेष्ठ, नबिन जैसवाल, सुनिता राई, जिना पौडेल, कृष्ण न्यौपाने, सन्तोष भण्डारी, अनुप अधिकारी, एलिना कक्षपति र लक्ष्मण भट्टराईले वर्डप्रेसलाई व्यावसायिकता प्रदान गर्दा आउन सक्ने चुनौती तथा तिनीहरूको समाधानका विषयमा प्रशिक्षण दिएका थिए ।

सम्मेलनको दोस्रो दिनमा वर्डप्रेसलाई अझै सबल विस्तारित र सुरक्षित बनाउन वर्डप्रेसका प्रयोगकर्ताहरूले कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो।

काठमाडौँ, पोखरा, भरतपुर, विराटनगर, बुटवल, धनगढी, वीरगन्ज लगायत देशका विभिन्न स्थानबाट आठ सय जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट झन्डै १०० जनाले आयोजक समितिमा रही भव्य रूपमा सम्पन्न गर्न भूमिका खेलेका थिए र कार्यक्रम सञ्चालन अर्जुन गुरुङ र अञ्जली बरुवालले गरेका थिए । सम्मेलनको अन्त्यमा आगामी ‘वर्डक्याम्प नेपाल २०२४’ पोखरामा गर्ने घोषणा गरिएको थियो ।

प्रकाशित मिति : 7:54 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र